एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताउनुभएको छ ।

बक्तव्य जारी गर्दै उहाँले उपमेयर पदमा आफ्नो उम्मेद्वारीले युवा, महिला र सामाजिक–सांस्कृतिक अभियान्ता लगायत काठमाडौंबासीको भावना सम्बोधन भएको उल्लेख गर्नुभएको छ । एमालेले आफूलाई दिएको टिकट युवाहरुलाई उपहार प्रदान गरेको अवसरका रुपमाा लिएको उल्लेख गर्नुभएको छ ।

‘‘सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठाँनेकी छु’, डंगोलले लेख्नुभएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार