![](https://myagdinews.com/wp-content/uploads/2022/04/frggggggggg.jpg)
तनहुँ । स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपमेयरमा हसिना बानुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बाजागाजासहित गएर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि व्यासको मेयरमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले र मंगोल नेशनल अर्गनाईजेशनबाट नगरप्रमुखमा अनिता थापा मगरले पनि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
त्यस्तै स्वतन्त्रबाट व्यास नगरपालिका वडा नं. १० मा युवा सागर घिमिरेले र मंगोल नेशनल अर्गनाइजेशनबाट व्यास ५ को वडाअध्यक्षमा बेलीसरा थापाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तनहुँका ठूला राजनीति दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने छन् । अनलाइनखबरबाट