मालिकामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । १२ गते उम्मेद्धारी मनोनयन दर्ताको तयारीमा रहेको कांग्रेस मालिकाले आइतबार आफ्नो शक्ति प्रदर्शन गरेको हो । कांग्रेसले आगमी स्थानीय तहको निर्वाचनको लागि आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ ।

¥यालीलाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका पुर्व सभापति रेशमबहादुर बानियाँले कांग्रेसका उम्मेद्धारलाई जिताउन अपिल गर्नुभयो । उहाँले मालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनभावना अनुसार काम गरेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका वर्तमान अध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्धार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा पाँच बर्षे कार्यकाल सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैको सहयोगमा जनभावना अनुसार काम गरेको बताउनुभयो । पाँच बर्षे कार्यकालमा गाउँपालिकाको विकास, सुशासन र समृद्धिका लागि आफुले काम गरेको अध्यक्ष रोका मगरको भनाई छ ।
युवा नेता रोका मगरले पाँच बर्षे कार्यकालमा बजेट वितरणमा विभेद नगरेको बताउनुभयो । वडाबाट छनौट भएर आएका सबै योजनाहरुलाई प्राथमिकताको आधारमा बजेट विनियोजन गरेर कार्यान्वयन गर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले पाँच बर्षमा अधुरा रहेका योजनाहरु पुरा गर्न र अनुभवको आधारमा गाउँपालिकाको थप विकास गर्न आफुले अध्यक्ष पदमा पुनः उम्मेद्धारी ज्ञघोषणा गरेको बताउँदै मत दिन समेत अपिल गर्नुभयो ।आगमी पाँच बर्षे कार्यकालमा सडकको स्तरउन्नति, शिक्षामा गुणस्तर, जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अघि बढाउने अध्यक्ष रोको मगरले योजना सुनाउनुभयो ।

उहाँले आफु अल्पमतमा भए पनि सबैको सहयोगमा पाँच बर्षे कार्यकाल सफल भएको बताउनुभयो । उहाँले आफ्नो पाँच बर्षे कार्यकालमा गाउँपालिकामा जनताको आधारभुत आवश्यकता , शिक्षा ,विद्युत ,स्वास्थ्य ,खानेपानी ,विपद व्यवस्थापन ,सडक लगायत भौतिक पुर्वाधार निर्माण गाउँपालिकाले ठुलो उपलब्धी हासिल गरेको बताउनुभयो ।

उहाँले यस अघि नेकपाको सरकारको समयमा आफुलाई असफल बनाउन संघ र प्रदेश सरकारले असहयोग गरेको सुनाउनुभयो । ‘मलाई असफल बनाउन नेकपा सरकारको पालामा प्रदेश र संघले असहयोग गरे,’उहाँले भन्नुभयो , ‘पाँच बर्षे कार्यकालमा पाँच पटक प्रमुख प्रशासकीय अधिकृत फेरिए ,यसरी पनि विकास गर्न सकिन्छ ? स्थानीय ,प्रदेश र संघिय सरकार विच एक आपसमा समन्वय र सहकार्य हुन सकेमा मात्र विकास सम्भव हुन्छ । ’ नेकपा सरकारको समयमा दरबाङ बजार संक्षणको लागि प्रदेश र संघिय सरकारलाई सहयोग माग्दा बेवास्ता गरेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला प्रवक्ता नेता अजयमिलन श्रेष्ठले सिमित स्रोत र बजेट हुँदा पनि गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको नेतृत्वले उल्लेखनीय काम गरेको बताउनुभयो । कांग्रेस प्रदेश सभा ख का सभापति तथा मालिका–२ का वडा अध्यक्ष एवं वडा अध्यक्षका उम्मेद्धार टंकप्रसाद पुनले सबै उम्मेद्धारलाई मत दिएर विजयी गराउन गाउँबासीमा अपिल गर्नुभयो । उहाँँले कांग्रेसको बहुमत भए मात्र गाउँपालिकाको विकास गर्न सहज हुने बताउनुभयो । पाँच बर्षे कार्यकाल सफल भएको बताउँदै भ्रष्टचार हुन नदिन सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्षका उम्मेद्धार तथा वडा नम्बर ५ की वडा अध्यक्ष पिपला बुढाले पाँच बर्षे कार्यकालमा सिमित बजेट र स्रोत बाबजुद पनि वडा बासीको अपेक्षा अनुसार काम गरेको बताउनुभयो । उहाँले समग्र गाउँपालिकाको विकासको लागि आफुले गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेको सुनाउनुभयो ।उहाँले सबैलाई मत दिन अपिल समेत गर्नुभयो । वडा नम्बर २ का वडा अध्यक्षका उम्मेद्धार तथा युवा नेता तारा बहादुर रोका मगरले वडाको विकास र समृद्धीको लागि आफुले उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । उहाँले आफु निर्वाचित भएमा समग्र वडाको विकासको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि देविका बुढा ,जिल्ला कार्यसमिति सदस्य तुल्सी पुर्जा लगायतले बोल्नुभएको थियो । कांग्रेस मालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनको सभापतित्वमा भएको कार्यक्रमको संचालन कांग्रेस प्रदेश सभा ख का सचिव हिरा पुनले संचालन गर्नुभएको थियो ।कार्यक्रममा अध्यक्ष ,उपाध्यक्ष , सात वटै वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्धारहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा वर्तमान अध्यक्ष टंकप्रसाद पुनलाई उम्मेद्धार बनाएको छ । पुन कांग्रेस प्रदेश सभा ‘ख’का सभापति समेत हुनुन्छ । वडा नमबर २ को वडा अध्यक्षमा युवा नेता तारा बहादुर रोका मगरलाई उम्मेद्धार बनाएको छ । रोका मगर कांग्रेस मालिका गाउँपालिका सचीव हुनुहुन्छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरसंग क्लब ,सडक ,खानेपानी ,शिक्षा,विद्यालय व्यवस्थापन समिति लगायत विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । वडा नम्बर३ को वडा अध्यक्षका उम्मेद्धार युवा नेता श्यामबहादुर बुढाथोकी शिक्षण पेशा त्यागेर राजनितिमा होमीनुभएको थियो । उहाँसंग स्थानीय क्लब लगायत विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ ।

वडा नम्बर ४ को वडा अध्यक्षका उम्मेद्धार भेजेन्द्रमान पुन इमानदार छविको रुपमा चिनिनुहुन्छ । उहाँ संग सडक,विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेको अनुभव छ । वडा नम्बर ५ को वडा अध्यक्षका उम्मेद्धार मिम पुन वडा सदस्य हुनुहुन्छ । वडा अध्यक्षका उम्मेद्धार पुन समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । वडा सदस्य वडा नम्बर ६ को वडा अध्यक्षका उम्मेद्धार युवा नेता खिमबहादुर पुन कांग्रेस मालिका गाउँपालिका सभापति समेत हुनुहुन्छ । उहाँसंग युवा क्लब,उपभोक्ता समितिमा रहेर काम गरेको अनुभव छ ।वडा नम्बर ७ को वडा अध्यक्षका उम्मेद्धार लक कुमार पुन युवा क्लब लगायत विभिन्न संघ संस्थामा काम गर्नुभएको छ ।

आगमी ३० बैशाखमा हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा माओवादीले रेशम जुग्जाली ,नेकपा एमालेले बेगप्रसाद गर्बुजा र मंगोल नेशनल अर्गनाइजेशनले खमबहादुर रोकालाई उम्मेद्धार बनाएको छ । मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना मतदाता रहेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा मालिकामा १० हजार ६४४ जना मतदाता संख्या रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार