प्रदेश सांसद्‌बाट कृष्ण थापाले दिए राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद् कृष्ण थापाले पदबाट राजीनामा दिनुभएको छ । आज सभामुख नेत्रनाथ अधिकारीलाई उहाँले राजीनामापत्र बुझाउनुभएको हो । थापा २०७४ को चुनावमा कास्की २ ९क० बाट निर्वाचित हुनुभएको थियो ।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लाग्नुभएको हो । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उहाँको टिकट खोसिएको हो । उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै दोहोरिने हुनुभएको छ । यसअघि आफू नउठ्ने बताउनुभएकी मञ्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी हुनुभएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार