टिकट नपाएपछि भक्तपुर कांग्रेसका प्रतिनिधि खायमलीले दिए राजीनामा

भक्तुपर । स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिनुभएको छ । उहाँले पार्टी सभापतिलाई सम्बोधन गरी सोमबार राजीनामा दिनुभएको हो ।

उहाँ पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी हुनुहुन्थ्यो । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिनुभएको हो । उहाँले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेख्नुभएको छ ।

उहाँले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गर्नुभएको छ । उहाँको राजीनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिधैँ एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार