
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिनुभएको हो। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।बागमती प्रदेश सांसद समेत रहेका उहाँ बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो । सेतोपाटीबाट