![](https://myagdinews.com/wp-content/uploads/2022/04/wf.jpg)
काठमाडौँ । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो ।
उहाँले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताउनुभयो । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताउनुभयो । रातोपाटीबाट