![](https://myagdinews.com/wp-content/uploads/2022/03/kpoli3.jpg)
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताउनुभयो ।मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।
‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’ उहाँले भन्नुभयो,’नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो ।’पार्टी स्थापना हुनुभन्दा अघि नै मजदुरको हक अधिकारका लागि लडेको र भारतबाट ब्रिटिस भगाउ आन्दोलनमा लागेको ओलीले बताउनुभयो ।
‘नेपालका कम्युनिस्टमध्ये मनमोहन अधिकारी ज्येष्ठ कम्युनिस्ट हुन् । मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता मैले भेटेको छैन,’ उहाँले भन्नुभयो,’पार्टी स्थापना हुनुभन्दा अगाडि नै कम्युनिस्ट हुनुहुन्थ्यो ।’अधिकारी महान उद्देश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ । नागरिक खबरबाट