![](https://myagdinews.com/wp-content/uploads/2022/04/fd.jpg)
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ ।
स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ ।
नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जाजरकोटले जनाएको छ । नलगाड नगरपालिका–२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुनुहुन्छ ।
उहाँले राजीनामा पत्र बुझाए पनि उहाँकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेको छैन । खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा राजीनामा पत्र लग्नुभएको थियो । तर, श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएको छ । नागरिक खबरबाट