![](https://myagdinews.com/wp-content/uploads/2022/04/fhjf.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो । पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
‘पार्टीलाई सामूहिक होइन प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो। हामीले यस्तो गर्नका लागि एमालेमा विद्रोह गरेका थिएनौं,’ पोखरेलले भन्नुभयो ।उहाँले अब एमाले प्रवेश गर्नेबारे अहिले कुनै तयारी नरहेको बताउनुभयो ।
‘एमालेमा जान पनि सकिन्छ तर अहिले त्यस्तो तयारी छैन,’ उहाँले भन्नुभयो । पोखरेलले चालिस वर्षदेखि नेकपा एमालेको राजनीति गर्नुभएको थियो । गत वर्ष एमाले फुट्दा उहाँ एकीकृत समाजवादीमा गएका थिए।एकीकृत समाजवादीले वैशाख ३० गते हुने चुनाव हेटौंडा उपमहानगरमा मीनाकुमारी लामालाई मेयर उम्मेदवार बनाएको छ। सेतोपाटीबाट