काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताउनुभएको हो ।
कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उहाँले बताउनुभयो । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उहाँले बताउनुभयो । उहाँले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको समेत बताउनुभयो ।
बाह्य क्षेत्रबाट अर्थतन्त्रमम परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उहाँले बताउनुभयो । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने उहाँले बताउनुभयो ।समारोहमा राष्ट्र बैंकले पूर्व गभर्नर डा.तिलक रावललाई सम्मान गरेको छ । हरेक वर्ष एक पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैंकको परम्परागत अनुसार ११ औं गभर्नर रावललाई सम्मान गरिएको हो । अनलाइनखबरबाट