यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने

भैरहवा । आजदेखि थप सात ओटा विमानस्थल दैनिक १८ घन्टा सञ्‍चालनमा आउने भएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्‍चालनको अनुमति दिएको हो ।

यी विमानस्थल हालसम्म १२ घन्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घन्टासम्म सञ्चालन हुने भएका हुन् ।विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।

प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार