![](https://myagdinews.com/wp-content/uploads/2022/02/mahara-krishna.jpeg)
दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको भन्दै आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताउनुभएको छ ।
प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भन्नुभयो, ‘गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्छ, मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धन विजयी हुनुपर्छ ।’महराले अहिलेको गठबन्धन पनि संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति निर्माण भएको जिकिर गर्नुभयो ।
‘अहिले हामी बीचको गठबन्धन पनि संविधान र लोकतन्त्रको रक्षाका लागि हो,’ उहाँले भन्नुभयो। माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै उहाँले कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको बताउनुभयो । पूर्व सभामुख महराले संविधान र जनताको अधिकार माथि ‘कु’ गर्दै मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोज्नेहरुविरुद्ध उभिनुपर्ने बेला आएको बताउनुभयो । अनलाइनखबरबाट