![](https://myagdinews.com/wp-content/uploads/2022/04/karna-bahadur-malla.jpg)
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गनुभएको छ । बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उहाँले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गर्नुभएको हो।
शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताउनुभएको हो। उहाँले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताउनुभयो । मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ ।
दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराकोे मल्ल पक्षले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ । पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो । जसअनुसार दुवै पक्षले तालमेल गरेर जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन् । नागरिक खबरबाट