ग्याविन जाली भर्दै गरेका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु

गोरखा । गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको ज्यान गएको छ। धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षीय जीतबहादुर गुरुङको मृत्यु भएको डिएसपी लिलिराज लामिछाने बताउनुभयो ।

झोलुङ्गे पुलको ग्यावीन जाली भर्ने क्रममा भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गम्भीर घाइते बनेका गुरुङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौको टिचिङ हस्पिटल लगिएको थियो। सोही हस्पिटलमा उपचारको क्रममा गुरुङको मृत्यु भएको डिएसपी लामिछानेले बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार