विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिनुभएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।
उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उहाँको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन । कोशी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उहाँको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेश गर्नुभएको थियो । तर अस्पतालले उनी सञ्चालक समितिमा रहेको र राजीनामा स्वीकृत नभएको भन्दै १३ गते पत्र दिएको थियो । निर्वाचन आयोगले भने मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गरेको मनोनयन जाँच गर्ने अन्तिम समय १५ गते (बिहीबार ५ बजेसम्म) राजीनामा स्वीकृत भइसकेको देखिएको भन्दै मनोनयन सदर गर्ने निर्णय गरेको थियो । अनलाइनखबरबाट