बाघको आक्रमणमा परी एकको मृत्यु

चितवन । घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।चितवनको खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।

आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताउनुभयो। उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो।

खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताउनुभयो। यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो। निकुञ्जको हेडक्वाटर कसरा नजिकै माउते रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। चौधरी कसरास्थित हात्तीसार केन्द्रमा काम गर्थे। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार