विश्वराज पोखरेलको रिट सर्वोच्चमा

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्नुभएको छ । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो ।

रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुग्नुभएको हो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार