उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिकट

कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उहाँको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उहाँको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो ।

हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार कांग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो ।

महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगञ्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले बताउनुभयो । onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार