काठमाडौँ । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी हुनुभएको छ । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहनुभएके छ ।
श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी हुनुभएको हो । सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लड्नुभएको थिाये। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी हुनुभएको छ।
पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभएको उहाँहरूले बताउनुभयो । दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताउनुभएको छ । दुबै जना दोधारा चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहनुभएको छ । रातोपाटीबाट