चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो।

गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिनुभएको थियो ।भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार