निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थाल्नुभएको छ । उहाँले हेटौँडा–२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गनुृभएको हो ।

वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँनुहुन्छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । हेटौँडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इञ्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील हुनुहुन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार