ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राख्नुभएको छ । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राख्नुभएको हो ।

उहाँलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहनुभएको छ । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहनुभएको छ ।उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा ५ हजार ९३२ मत खसेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार