नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाउनुभएको हो ।
यस्तै कार्यक्रममा ब्यानरसमेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंहले बताउनुभयो । उहाँसँगै उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको आरोप लगाउनुभयो।
कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट र उपमेयर कमरुद्दिन राईले सपथ लिनुभएको छ । मेयर बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलानुभएको हा । त्यसपछि मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराउनुभएको थियो । अनलाइनखबरबाट