छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौँ । गुल्मीमा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ। सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गत बिहीबार पक्राउ गरेको हो। बस्यालले गत वर्ष भदौदेखि र भट्टराईले गत माघदेखि नाबालिगमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रहरी उपरीक्षक दाहालले बताउनुभयो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार