गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका छ ।

गृहमन्त्री खाणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको लडाईमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद दिनुभएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद खाणले धन्यवाद दिनुभएको छ ।

मन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमण गर्न अनुरोध गर्नुभएको छ । जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताउनुभयो । अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएकोमा अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद दिनुभएको छ । अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरिने जियाको भनाइ छ । राताोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार