पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।
नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो । पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् ।उनले हालसम्म ५७ हजार ७२ मत पाएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् । पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । अनलाइनखबरबाट