काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिनुभएको छ । दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न उहाँले निर्देशन दिनुभएको हो।
‘राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न जानकारी गरिन्छ,’ उहाँले भन्नुभएको छ । दिपेश नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई मेयर जित्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेश सभा सदस्य छाडेर मेयरमा उम्मेदवारी दिई जित्नुभएको थियो। setopati