काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले समाज कल्याण परिषद्मा विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताउनुभएको हो ।
‘कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न’ मन्त्री रेग्मीले भन्नुभयो ‘यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौ ।’ उहाँले समाज कल्याण परिषद लाई पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने समेत बताउनुभयो । ‘परिषद्मा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ ,अब कुनै बार्गेनिङ चल्दैन,’ उहाँले बताउनुभयो, ‘यसलाई अन्त्य गर्न समाज कल्याणको पुरै सिस्टम प्रविधि मैत्री बन्नेछ ।’ उहाँले समाज कल्याण लाई प्रविधि मैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गर्नुभयो। रातोपाटीबाट