म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् ।
कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट मिना कुमारी कार्की, नेपाली कांग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको तीन जनाको कोटामा कांग्रेसकी मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी हुनुभएको छ ।
निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली काँग्रेसका १४ जना मतदाता रहेका थिए ।यसैगरी निर्वाचित कार्यपालिका सदस्य सहित जनप्रतिनिधिलाई कांग्रेस ,माओवादी र एकीकृत समाजवादीले आइतबार एक कार्यक्रमका विच मायाको चिनो प्रदान गरेका छन् ।