काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राख्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताउनुभएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ ।
१२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ । अनलाइनखबरबाट