मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)

म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ८० प्रतिकेजी विक्री गर्न थालेका छन् । पहिले बगान ठेक्का दिँदै आएकोमा अहिले भने केही किसानहरुले व्यापारीलाई केजीको रुपमा विक्री गर्ने भएका छन् । ढुवानी सहज हुने भएकोले पनि यहाँको सुन्तला खरिद काठमाडौं ,धादिङ,पोखरा लगायत ठाउँबाट व्यापारीहरु आउने गरेका छन् ।

????????????????????????????????????

धानखेत मासेर सुन्तला लगाएका किसानलाई व्यापारीहरु बगानमै खरिद गर्न आएपछि बजार सम्म लैजानुपर्ने बाध्यता हटेको छ । सुन्तला बेचेरै यहाँका किसानहरुले वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । स्थानीय जातको सुन्तलाभएकोले यहाँको सुन्तला निकै रसिलो मानिन्छ । हिमालयन कृषि फर्म सञ्चालक धनकुमारी केसी (खत्री)ले करिब ६ रोपनी भन्दा बढी जग्गामा दुई सय दश भन्दा बढी बोटमा सुन्तला फलेको बताउनुभयो । गत वर्ष साढे चार लाख रुपैयाँ आम्दानी गर्नुभएकी खत्रीले यस वर्ष भने औंसा किराको प्रकोपका कारण सुन्तला उत्पादन घट्ने बताउनुभयो ।

????????????????????????????????????

उहाँले धादिङका व्यापारीलाई केजीको रुपमा बगान नै ठेक्का लगाएको बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका अर्का तिलकबहादुर खत्रीले प्रकोपका कारण गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादन घट्ने बताउनुभयो । उहाँको बगानमा रहेका साढे तीन सय बोट मध्ये साढे दुई सय बोटमा सुन्तला फलेको छ । गत वर्ष खत्रीले पनि साढे चार लाख रुपैयाँ बराबरको सुन्तला बेच्नुभएको थियो । वि.सं.२०७० सालदेखि आफुले खाद्यान्नबाली लगाउन छोडेर सुन्तला खेती सुरु गरिएको सुनाउनुभयो । उहाँहरु सँगै बास्कुना र सुर्केमेलाका करिब तीस घरधुरीमा व्यवसायिहरुले फल नलाग्दै पेश्की दिएर सुन्तला बोटबाटै खरिद गर्ने गरेका छन् ।गत वर्ष बास्कुना र सुर्केमेलाका किसानले एक करोड रुपैयाँ भन्दा बढीको सुन्तला विक्री गरेका थिए ।

????????????????????????????????????

व्यवसायीक सुन्तला खेतीले स्थानीयवासीको जिवनस्तरमा धेरै परिवर्तन ल्याइदिएको छ । म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिंगाको बास्कुना, मंगला गाउँपालिकाको कुहुँ, भर्जुला, बरंजा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगंगाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार