सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट स्थित सिद्धार्थ माविका विद्यार्थीहरुलाई शैक्षिक साग्री वितरण गरिएको छ । सोही च्युरीबोट घर भई हाल युकेमा रहनुभएका समाजसेवी दिलिप सुतपहरे घर्ती मगरका छोरा सन्दिप र हङकङ बस्दै आउनुभएका भाई विनोत सुतपहरे घर्ती मगरले ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

विद्यालयमा अध्ययनरत एक सय १२ जना विद्यार्थीलाई कपी र कलम वितरण गर्नुभएको शिक्षक छकप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । बुधबार विद्यालयका प्रअ ललितबहादुर घर्ती मगरको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको थियो । सोही अवसरमा विद्यार्थीलाई पाँच हजार रुपैयाँ बढीको खाजा खुवाइएको थियो । शिक्षक घर्ती मगरका अनुसार ,गाउँमा सडक निर्माण सँगै विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आउनुभएका समाजसेवी दिलिपले यसअघि विद्यालयमा स्थापित अक्षयकोषलाई पनि एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । सिद्धार्थ माविमा कक्षा एकदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार