यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन

  म्याग्दी न्युज संवाददाता

बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुका कारण उहाँको ज्यान गएको अस्पतालको रिपोर्टमा उल्लेख छ ।कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने प्रयास भइरहेको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले । ‘डेढबर्षभन्दा बढी अवैध बसेकाले प्रक्रिया झन्झटिलो हुन्छ,’ अध्यक्ष राम्जालीले भन्नुभयो ।

श्रम स्वीकृति नभएको र गैरकानुनी रुपमा बसोबास गरेकाको अवस्थामा ज्यान जाँदा शव फिर्ती प्रक्रिया झन्झटिलो हुने महासचिव काजिमान बुढाथोकीले बताउनुभयो । मृतकको आवश्यक कागजात पराष्ट्र मन्त्रालयबाट मगाएर तथा नेपाली समाज यूएईका अध्यक्ष बेदप्रसाद अर्यालले सहयोग गरिरहनुभएको छ । मृतक जुग्जालीका मामा चक्र पुनका अनुसार ,जुग्जालीका घरमा आमाबा सहित दुई दिदिबहिनी र दुई भाइहरु हुनुहन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि २४ वर्षिय जुग्जाली पैसा कमाउन सन् २०२१मा वैदेशिक रोजगारीका लागि दुवई पुग्नुभएको थियो । ‘भान्जाको शव नेपाल ल्याउन सहयोग गर्न सबैलाई आग्रह गर्दछु ,’मामा चक्रले भन्नुभयो । मृत्यु भएको खबर सुनेपछि टविनको परिवार अहिले शोकमा डुवेको छ । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण छोरा सानै उमेरमा विदेश गयो ,पैसा पनि कमाएर पठायो ।तर,ऊ आएन ,’ बुबा फुल बहादुर जुग्जालीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार