म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)

सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाए

म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रकरटिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका ट्राफिक इञ्चार्ज राजकुमार केसीले जानकारी दिनुभयो ।

भिडिओ हेर्नुहोस्…

२०७९÷०८०मा ९ हजार दुई सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको थियो । उहाँका अनुसार ,ट्रक÷टिपर ७०० ,बस ४२९ ,कार÷जिप ५१२१ ,ट्याक्टर ९१३ ,मोटरसाइकल १९८३ र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेका थिए । सबै भन्दा बढी कार÷जिप कारबाहीबाट ३८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी ,जिल्लामा २२ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु,१७ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका छन् ।

साउन महिनामा चार लाख तीस हजार ,भदौमा चार लाख ४६ हजार ,असोजमा ६ लाख ३५ हजार ,कात्तिकमा ९ लाख ३९ हजार ,मङ्सिरमा ६ लाख ८६ हजार ,पुसमा चार लाख २ हजार ,माघमा चार लाख ६८ हजार ५०० ,फागुनमा पाँच लाख दश हजार ५००,चैतमा ६ लाख ५५ हजार ५००,वैशाखमा पाँच लाख ७७ हजार ५००,जेठमा ६ लाख २८ हजार र असार महिनामा ५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षमा ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ९५५ वटा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । उक्त कार्यक्रमबाट ६५ हजार ७ जना लाभाम्वित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार