बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कप प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो प्रथम म्याग्दी भलिबल कप प्रतियोगिता हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि मंगला मावि र डनिङ आवसीय मावि सह–आयोजक रहेको संघका महासचिव कुमार किसानले जानकारी दिए । उनका अनुसार यसैबीच संघको दोस्रो साधरण सभा भाद्र २९ गते शनिवार मंगला क्याम्पस बाबियाचौरमा गर्ने र प्रतियोगिताको प्रवाविधिक तथा रेफ्री संयोजक मंगला गाँउपालिका भलिबल संघ लाई जिम्मेवारी दिने निर्णय भएको छ ।

म्याग्दीमा आयोजना हुने खेल लाई व्यस्थित तरिकाले सञ्चालन गर्न रेफ्री कमिटिको बैठक गरि संघ को नितिनियम र निर्देशनमा रेफ्री परिचालन गर्न कडाइ गर्ने निर्णय भएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।प्रतियोगिताका लागि थप अन्य निर्णयहरु आगामी दिनमा गरिने छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा मंगला माविका प्रधानध्यापक गम खत्री, डनिङ आवसीय माविका प्रिन्सिपल याम थापा लगायत भलिबल संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार