म्याग्दीकी कृष्टिना पुनलाई मिस मगरको ताज

  म्याग्दी न्युज संवाददाता

पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् ।एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात परिन् ।

उपाधिसँगै यस्तै, म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । साथै आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । । सेकेन्ड रनरअपका रुपमा म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् । थर्ड रनरअपको उपाधि महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद रु १५ हजार हात पारिन् । रश्मीले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भने, भ्यूअर च्वाइस अवार्डबाट स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् भने उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् ।

उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट टे«नी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् । यसैगरी, मोस्ट डेडिकेटेड अवार्डबाट रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । भने, मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाडौंकी जेरुशा सारुमगरले प्राप्त गरिन् । देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।

पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए । उनका अनुसार ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । भने, अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने मगर समुदायको कथामा आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायतको सहभागिता रहेको थियो ।

 

उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो । नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा सम्पन्न भएको सो कार्यक्रममा निट डेन्टल केयर प्रा।लि, आइवा एजुकेशन कन्सल्टेन्सी, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड, हरिनास गाउँपालिका, स्याङ्जा, लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा।लि, युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको थियो । यस्तै, मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको थियो ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले मिस मगर जस्तो लोकप्रिय सौन्दर्य प्रतियोगिताले मगर समुदायको भाषा, संस्कृति र भेषभूषाको प्रवद्र्धन गरेको भन्दै प्रशंसा गर्नुभयो । लोपोन्मुख भाषा, संस्कृति र भेषभूषाको नयाँ पुस्तामा हस्तान्तरण जरुरी रहेको भन्दै मन्त्री बस्यालले मगरलगायतका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, भेषभूषाले नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान पु¥याएको उल्लेख समेत गर्नुभयो । मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका उपमहासचिव खेम पुनमगर, गण्डकी प्रदेश अध्यक्ष तारामाया थापामगर, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामा, नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक रूद्र श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन जुना थापामगर र सफल सुवेदीले गर्नुभएको थियो ।

सो अवसरमा शीर्ष प्रायोजक, प्रायोजक र सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रममा निर्णायक एवं गायिका शान्ति श्रीसमगरले सांगीतिक प्रस्तुती र विभिन्न कलाकारले सोरठीलगायतका नृत्य प्रस्तुत गरेका थिए । मिस मगर नेपाल २०२४ को कार्यक्रम निर्देशकमा सुरज थापामगर, टिम संयोजकमा प्रियंका गर्बुजामगर र तालिम संयोजकका रुपमा शिव थापामगर रहनुभएको थियो । कार्यक्रममा चलचित्र “दिलसरा”की नायिका सृष्टि रानामगर, निर्मात्री मीना थापामगर, पूर्व मिस मगर नेपाल सनम गर्बुजामगर, मिलन थापामगर, विनु रानामगरलगायतको समेत सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार