कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पुरानाे र कर्णप्रिय  ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो ।

पाँच दशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा ,जेसिज अध्यक्ष दिनेश बानियाँ लगायतले सम्मान गर्नुभयो ।

भिडिओ हेर्नुहोस्…

सम्मान कार्यक्रममा गायिका छन्त्यालले बेनीबजारबासीले सम्झिएर सम्मान गरेकोमा उत्साहित भएको बताउनुभयो । उहाँले गीत अहिलेसम्म पनि चर्चामा रहेकोमा पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । वि.सं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । जेसीज म्याग्दीले पानी खायो बाघलै एवं बेनीको बजार गीतको पुनर्निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार