नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीलाई चिनाउने दुई पूराना लोकप्रिय गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी शनिबार सार्वजनिक गरिएको छ । म्याग्दी जेसिज र सामाजिक विकास कार्यालयको आयोजना ‘बेनीको बजार, जता माया उतै छ नजर’ र ‘पानी खायो बाघै’ले बोलको म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, सर्जक तथा गायिका मन छन्त्याल र जेसीका शाखा अध्यक्ष बानियाँले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

भिडिओ हेर्नुहोस्

बेनीको बजारमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको छ भने ‘पानी खायो बाघै’ गीतमा गायक खड्क गर्बुजा,मीना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । दुबै गीतको म्यूजिक भिडियोको निर्देशन कार्यक्रम संयोजक डिके चोचाङ्घी मगरले बताउनुभयो ।युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय हुँदै आएको म्याग्दी जेसीजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ रूपमामा छायाङ्कन गरी पुनर्निर्माण गरिएको र यूटुबबाट आउने सबै रोयल्टी सर्जकलाई दिने संयोजक चोचाङ्घी मगरको भनाइ छ ।

याे पनि‍‍‍‍‍…

कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

स्वर्गीय टिकाबहादुर श्रेष्ठले शब्द संकलन र उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँको श्रीमती मन छन्त्यालसँगै गाएको गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई सदरमुकाम बेनीबजारको बिरेन्द्रचोक, लभ्लीहिल, गलेश्वरधाम लगायतका क्षेत्रमा छायाङ्कन गरिएको छ ।उक्त गीतमा गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारहरूले नृत्य र अभिनय गरेका छन् । विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो ।

उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । म्याग्दी जेसीजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गरेको थियो । दुवै गीत र म्युजिक भिडियो पुनर्निर्माणमा करिब ९ लाख खर्च भएको छ । सालैजो गीतको बेनी नगरपालिका–१, अर्जममा छायाङ्कन गरिएको छ ।शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । दुबै गीतमा स्थानीय कलाकार र जेसीजका सदस्यहरुले समेत अभियन गरेका छन् । दुबै गीत संविधान दिवसका अवसर पारेर युट्युबबाट सार्वजनिक गरिने छ । उक्त बिमोजन कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठले सर्जकको परियच सहित गीतको पृष्ठभुमीको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार