मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर

दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्जी रहनुभएको छ ।

समितिको सदस्यहरुमा मदन जुग्जाली,लोकेन रोका, लिल कुमारी शेरपुन्जा, सुजन पुन, एकेन्द्र श्रीपाली र निरोज पुन रहनुभएकाे जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसान जानकारी दिनुभयाे । यसैगरी सल्लाहकारमा मालिका ६ का वडा अध्यक्ष पथबहादुर रोका, पालिका सदस्य छक्देवी घर्ती, रेशम गुरुङ पुकार घर्ती,चक बहादुर विक रहनुभएकाे छ । अध्यक्ष नरेश वडा नम्बर १ निस्कोट निवासी हुनुहन्छ । उहाँ यसअघि स्थानीय जन कल्याण युवा क्लबका अध्यक्ष समेत रहेर काम गरिसक्नुभएको छ ।

मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भलिबल क्षेत्रमा सम्भावना रहेको पालिकाभित्रका लुकेका खेल प्रतिभाको पहिचानमा निरन्तर लाग्न अनुरोध गदैं रचनात्मक सहयोग गर्ने बताउनुभयो । मंगला अध्यक्ष मुक्तमान केसी लगायत ,मालिका गाउँपालिका भित्रका यूवा क्लवका प्रतिनिधि, पूर्व खेलाडी लगायतको उपस्थिती रहेको थियो ।म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लाभित्र रहेका भलिबल खेलाडीलाई विभिन्न माध्यमबाट प्रशिक्षण सहित अवसर प्रदान गरिएको बताउँदै प्रशिक्षण, प्रतियोगिता र प्रतिभा पहिचान सँगसँगै लैजाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार