पत्रकार र पर्यटन व्यवसायी सम्मानित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी।  पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो ।

शुक्रबार बेनीमा आयोजित  कार्यक्रमका विच  गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।। अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङका पर्यटन व्यवसायि गुरुङले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गको विकास र प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ निवासी गुरुङ अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय सम्भावनाको खोजी र प्रवद्र्धनमा विगत एक दशक अघिदेखि निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ ।

मौरिस हर्जोग पदमार्गको पहिचान,पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख शर्माले बताउनुभयो । सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जिल्लामा भएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भिœयाउन सकिने विचार व्यक्त गर्नुभयो । संघीयतापछि स्थानीय तह, प्रदेश र संघीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर पूर्वाधार निर्माण र प्रवद्र्धनमुलक कार्यक्रमहरु अघि सारेको उहाँको भनाइ थियो ।कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रको संभावना,चुनौती र समस्याका वारेमा विचार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार