बेनी । पर्वतको जलजला गाउँपालिकाको १८औं गाउँसभा तथा हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। अधिवेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गर्नुभएको हो । चालू आर्थिक वर्षको बजेट ३६ करोड ७८ लाख ६१ हजार रूपैयाँ मध्ये हालसम्म १३ करोड ४५ लाख ४७ हजार खर्च भएको र पुँजिगत तर्फ १३ करोड ४५ लाख५२ हजार रूपैयाँ मध्य २ करोड १२ लाख ५ हजार रूपैयाँ खर्च भएको आचार्यले बताउनुभयो । पालिकाले चालू आर्थिक वर्षमा ७५ लाख २५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
पालिकाले विभिन्न शाखाले गरेका काम प्रगति को बारेमा पनि अधिवेशनमा प्रस्तुत गरेको थियो । पालिकाले शुरू गरेको एम्बुलेन्स सेवाबाट १६० जनाले निशुल्क र १३३ जनाले शशुल्क सेवा लिएको र उत्त सेवा बाट ४ लाख ७७ हजार रूपैयाँ आम्दानी गरेको आचार्य ले जानकारी दिनुभयो । पालिकामा न्यायिक समितिमा हालसम्म १७ वटा उजुरी परेको जानाकारि दिनुभएको छ।
पालिकाले पुर्वाधारतर्फ पनि वडा न ३ वडा ४वडा ८,वडा नम्बर ७ मा पुर्बाधार निमार्ण काम सम्पन्न तथा सम्झौता भएको अधिवेशनमा जानकारी गरायको हो ।उत्त कार्यक्रममा न्यायिक तथा बिभिन्न बिधेयक तथा ऐनहरू प्रस्तुत गर्नुभएको थियो । भेषनाथ आचार्यले संचालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष सदस्य ,कार्यपालिका सदस्य पत्रकार लगायको उपस्थिति रहेको थियो ।