सिन्धुपाल्चोक । नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१-१९, २१-१० ले विजयी भएको हो।
कमला र मनिषाको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो। हाम्रो खेलकुद