बेनी । प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उपसचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की र सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि परिषद सदस्यका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले चयन गर्ने प्रेस चौतारी म्याग्दीले जनाएको छ ।
चौतारीको अधिवेशनकै अवसरमा म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपियाँ सहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आथित्यता भएको कार्यक्रम म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता एवं स्वागत र सदस्य सुमित्रा थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।