रास्वपा मंगला गाउँपालिका सभापतिमा शर्मा

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको मंगला गाउँपालिकामा प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम भेलाबाट सुनिल शर्मा सभापतिमा तयन हुनुभएको छ । भेलाबाट उपसभापति मोहन घर्तीमगर, सचिव मदन आचार्य, सहसचिव रुद्धबहादुर खड्का रहनुभएको छ । नेपालमा वैकल्पिक शक्तिको रुपमा उदय भएको पार्टी रास्वापा मंगलाको सदस्यहरुमा गणनाथ उपाध्याय, भानुभक्त शर्मा, रमेश शर्मा, अनुप पौडेल, भुपेन्द्र रेग्मी, सुर्दशन शर्मा र प्रेम सापकोटा रहेको रास्वपा जिल्ला सचिव राजाराम बरुवालले जानकारी दिनुभयो ।

भेलामा सम्बोधन गर्न रास्वपाका केन्द्रिय नेता रमेश प्रसाई, मोहन थापा लगायतका नेताहरु बावियाचौर पुग्नुभएको थियो । म्याग्दीका सबै पालिका तथा वडास्तरमा पुगेर संगठन विस्तारको अभियानलाई तिब्रता दिने जिल्ला सभापति यूवराज रोकाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार