‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई

  म्याग्दी न्युज संवाददाता

नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ ।

शुक्रबार अन्नपुर्ण गाउँपलिका–४, नारच्याङमा सम्पन्न फाइनल खेलमा भगवतीलाई पराजित गर्दै घतान एले एक लाख एघार हजार ,ट्रफी ,मेडल ,प्रमाणपत्र सहित उपाधि उचाल्न सफल भएको हो । अन्नपुर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै ७७ हजार सात सय ७७ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र सहितको अन्तर पालिका स्तरीय महिला भलिबलको प्रथम तरुण कप हात पार्न सफल भएको हो ।यसअघि प्रदेश सभा क्षेत्र (ख) अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता दरबाङमा सम्पन्न भइसकेको छ ।

उपविजेता भएको भगवतीले ६६ हजार छ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ उपविजेता बनेको मंगला गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्न सफल घतान एका खेलाडी अर्जुन खत्री र मंगला गाउँपालिकाकी रिक्जना माझी पुरस्कृत हुनुभयो ।घतान एले भगवतीलाई दुई विरुद्ध तीन सेतले पराजित गरेको हो । भने अन्नपुर्णले एकका विरुद्ध तीन सेतले पराजित ग¥यो । महिला भलिबलमा पाँच गाउँपालिका र वडा स्तरीय भलिबल खेलमा १६ टीमले सहभागिता जनाएका थिए ।

 

विजेता र उपविजेताहरुलाई नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,आयोजक तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ , पुर्व सहसभापति नेत्रबहादुर महत,उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी , निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी ,कांग्रेस बेनी नगर सभापति रबिन्द्र ,कार्की ,सचिव हिराबहादुर पुन , धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,तरुणदल केन्द्रिय सदस्यहरु सुमन श्रेष्ठ , मुकुन छन्त्याल र शिव केसी ,कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति चित्र कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गर्बुजाले खेलले नै खेलाडी सहित ,टोल समाज र देशलाई नै एकताबद्ध गराउ सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तरुणदलद्धारा आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकास , समग्र जिल्लाको विकासका लागि आफुले सक्दो काम गरिरहेको बताउनुभयो । कार्यक्रम संविधान सभा सदस्य बानियाँ ,पुर्व जिल्ला सहसभापति महत ,म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति कार्की लगायतले प्रतियोगिताले युवाहरु विच एकआपसमा एकताको भावना, खेलकुदको विकास र प्रवद्र्धनमा सघाउ पुगेको बताउनुभयो । तरुणदल अध्यक्ष रोकाले खेलकुद क्षेत्रको विकास ,खेलप्रतिभाको पहिचान , पार्टीलाई जनता समक्ष लैजान र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरेको बताउँदै सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले आगामी दिनमा पनि थप यस्तै सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने उद्घोष गर्नुभयो । तरुणदल जिल्ला सचिवद्धय नगेन्द्र मल्ल र सुमन बानियाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार