स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी परेको छ । नेविसंघबाट संगम चोखाल क्षेत्री, अनेरास्ववीयुबाट दिनेश खत्री (सुजन) र अनेरास्ववीयू क्रान्तिकारीबाट सन्दिप खत्री सभापतिको उम्मेद्धार बन्नुभएको छ ।

नेविसंघबाट प्रतिभा बानिया सचिव, यशु खत्री कोषाध्यक्ष, प्रत्यक्ष निर्वाचित हुने सदस्यमा विशाल बिक, छिमा पुन (युना), ढकबहादुर भण्डारी (सुनिप), सम्पूर्ण जि।सी।, अनुपम श्रेष्ठ र समानुपातिक सदस्यतर्फ रेजिता भण्डारी, अजय मल्ल, रुपा सापकोटा, पूर्णीमा कार्की, लिलाबहादुर खत्री, कुशल बानिया र समुन बिकको उम्मेद्धारी परेको छ ।अनेरास्ववीयुबाट उपसभापतिमा सफल खत्री, सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी र सहसचिवमा एलिसा बरुवाल उमेद्वार बन्नुभएको छ । सदस्यहरुमा प्रत्यक्षतर्फ अस्मी परियार, संगम तिलिजा पुन, एलिसा गर्बुजा, अविजित शाही, किशोर खड्का र समानुपातिकतर्फ सफल खत्री, विजन खड्का, स्नेहा रामदाम, सुस्मिता पौडेल र मनिषा हमालको उम्मेद्धारी परेको छ ।

अनेरास्ववीयू क्रान्तिकारीबाट सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान, सदस्यहरुमा विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल, रेशम केसी र गणेश खड्काको उम्मेद्धारी परेको छ ।अनेरास्ववीयू क्रान्तिकारीबाट समानुपातिकतर्फ शिवराम गौतम, सृष्टि खत्री, आज्ञा पौडेल, अनिता वर्देवा, सुविना कार्की, सृष्टि खत्री र सिम्रन पौडेलको उमेद्वारी परेको छ । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिकतर्फ झर्ना परियारको मात्र उमेद्वारी दर्ता भएको छ । स्ववीयु चुनावका लागि म्याग्दी क्याम्पसमा करिब नौ सय मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार