मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देबिन्द्र रोकाले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि रोहितको जीपले च्यापिएर मृत्यु भएको पुष्टि गरेको छ ।

सुचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बिग्रिएको बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर मृत्यु भएको जानकारी दिनुभयो । ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको र जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको जानकारी दिनुभयो । सडकको छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्नुहुन्थ्यो । मृतक शेरपुञ्जाका बुबाआमा ,श्रीमती र एक छोरी सहित दाजुभाई हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार