
म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मुक्तिनाथ दर्शन गरेर फर्किएको रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षिया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक सागर पौैडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ओली बसको अन्तिम सिटमा बस्नुभएको थियो । शव पोष्ट मार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् । तस्बिर : मोहन केसी