सबैलाई धन्यवाद दिंदै उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले भने : ‘देश र जनताको हितमा काम गर्छु ’

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आफुलाई मन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्य मन्त्री गर्बुजाले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिंदै भन्नुभयो , ‘मन्त्रीको जिम्मेवारी दिएर देश र जनताको सेवा गर्ने अवसर प्रदान गर्नुहुने सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री ,पार्टी सभापति शेरबहादुर देउवा लगातय सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’साथै पार्टी केन्द्रदेखि जिल्लातहका नेता तथा कार्यकर्ताहरु ,प्रतिनिधिमा सभामा निर्वाचित गराउने जिल्लाबासी ,शुभेच्छुक लगायत सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले यो जिम्मेवारी इमानदारिता र निष्ठाका साथ देश र जनताको हितमा रहेर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । राज्य मन्त्री गर्बुजाले यसअघि पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले देश र जनताका पक्षमा काम गर्ने बताउँदै मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको थियो। प्ररधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार